Notice

 Respected parents, With best wishes for the Happy Dashain, Tihar & Chhath, the admission for the academic session 2082/083 has started. Happy Day.

 आदरणीय अभिभावकज्यू,  दशैं, तिहार र छठको शुभकामना सहित शैक्षिक सत्र २०८२/०८३ को लागि भर्ना शुरु भैसकेको छ । शुभ दिन |


Photo Slide

Feature Slides

Smile Kids Montessori

Thursday, February 02, 2017

५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न (5th annevesary & parent's day)

५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न (5th annevesary & parent's day)
         ५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न  
 (5th annevesary & parent's day)
         गैंडाकोट, नवलपरासी, माघ १९ गते | यस स्माइल किड्स मन्टेश्वरी प्रि-स्कुलको " ५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस " भव्यताका साथ सम्पन्न गरिएको छ |      
        आज भन्दा ५ वर्ष अगाडी नवलपरासीको गैंडाकोट नगरपालिका अन्तर्गत वार्ड नं. १ मिलनचोक स्थित स्थापना गरिएको विद्यालय यहाँका समाजसेवी, प्राध्यापक, शिक्षा-प्रेमी अभिभावक एवं शुभेच्छुकहरुको सल्लाह, सहयोगबाट निरन्तर रुपमा २ वर्षदेखि ६ वर्षसम्मका  स-साना बालबालिकाहरुलाई मन्टेश्वरी विधि (Montessori Method) बाट अध्यापन गरिएको छ |            
          हाल विद्यालयमा ६० जना भन्दा बढी विद्यार्थी छन् भने  सहयोगी र शिक्षक/शिक्षिका गरि ९ जना कर्मचारी रहेका छन् | श्रीपंचमी (सरस्वती-पुजा) को दिन मात्र थप २० जना विद्यार्थी भर्ना भएका छन् | यस विद्यालयबाट अध्ययन गरि अन्यत्र गएका विद्यार्थीहरुले राम्रो अंक ल्याई सफल भएका स्वयम् अभिभावक बताउनु हुन्छ | त्यसैले पनि विद्यालयमा भर्नाको चाप बढेको छ |        
          विहान ९ बजे सरस्वती पुजा आराधना गरि ११ बजेबाट औपचारिकरुपमा कार्यक्रम संचालन गरिएको थियो | विभिन्न विधामा स-साना विद्यार्थी भाइ-बैनिहरुलाई पुरस्कृत गरिएको थियो | स-साना भाइ-बैनिहरुद्वारा नृत्य तथा performance गरेका थिए भने अभिभावकहरुलाई पनि वार्षिकोत्सवको अवसरमा खेल खेलाइएको थियो | जसमा रामकुमार श्रेष्ठ सफल हुनुभएको थियो |                                                             अभिभावकको तर्फबाट दिनेशमणि सुवेदी, डी.आर. पराजुली, संस्थापक वि.व्य. सदस्य छवि कंडेल, विश्वराज लम्सालद्वारा विद्यालयको  उत्तरोत्तर प्रगति तथा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो | संस्थापक वि.व्य. सदस्य पोषण सुवेदी, सुरेश पण्डित, शिवचन्द्र सुवेदी, सुनिल ढकाल, दिक्षा पाण्डेको उपस्थिति रहेको सो कार्यक्रम विद्यालयको गतिविधिबारे सन्चालक एवं प्रिन्सिपल गायत्री ढकाल एवं शिक्षिका गीता कंडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो | अभिभाकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा वि.व्य.स.का अध्यक्ष अजन्ता श्रेष्ठको सभापतित्व तथा जि.शि.का. न.प.का श्रोत व्यक्ति रामबाबु ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालय संचालक तथा इन्चार्ज उमा थापाले कार्यक्रम संचालन गर्नुभएको थियो |








No comments:

Post a Comment

Featured post

Teams

 

Join our Telegram channel for Updates of Smile Kids Montessori Pre-School Click Here

X