Notice

 Respected parents, With best wishes for the Happy Dashain, Tihar & Chhath, the admission for the academic session 2082/083 has started. Happy Day.

 आदरणीय अभिभावकज्यू,  दशैं, तिहार र छठको शुभकामना सहित शैक्षिक सत्र २०८२/०८३ को लागि भर्ना शुरु भैसकेको छ । शुभ दिन |


Photo Slide

Feature Slides

Smile Kids Montessori

Saturday, April 07, 2018

Result Published and Farewell Programme (नतिजा प्रकाशन तथा विदाई कार्यक्रम)


Result Published and Farewell Programme

नतिजा प्रकाशन तथा विदाई कार्यक्रम

               गैंडाकोट, नवलपरासी, चैत्र २४ गते | यस Smile Kids Montessori Pre-School को आयोजनामा PG देखि KG सम्मको नतिजा प्रकाशन गरिएको छ | साथै UKG का भाई-बैनीहरुलाई यसै कार्यक्रम मार्फत विदाई गरिएको छ |
           अभिभावक, शुभेच्छुक, शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संचालक गायत्री ढकालद्वारा शब्दागुच्छाले स्वागत गर्नु भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजन्ता श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम  शिक्षिका मधु खरेलद्वारा कार्यक्रम संचालन गर्नुभएको थियो | अभिभावकको तर्फबाट सिर्जना पराजुलीले आफ्नो मन्तव्यको क्रममा बच्चालाई ठुलो मान्छे होइन, असल मान्छे बनाउन सुझाव दिनु भयो |
यस विद्यालयलाई सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग,सद्भाव र सहकार्यको लागि अभिभावकसंग प्राचार्य उमा थापाले आग्रह गर्नु भएको छ | विद्यालयमा विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न नयाँ-नयाँ प्रविधि भित्र्याउने पनि बताउनु भएको छ |

            Smile Kids Montessori Pre-School मा  हालसम्म PG देखि UKG कक्षा संचालन भैराखेको छ | र भर्खरै UKG बाट उत्तिर्ण हुने विद्यार्थीलाई भव्यताका साथ विदाई गरिएको छ | विदाई हुने भाई-बैनीहरुमा Aswina Piya, Bibash Bhandari, Rhythem Tiwari, Saisab Bhattarai, Dikshyanta Parajuli, Aarati Adhikari, Aakriti Acharya, Anuja Moktan, Aayog Lamsal Kanisk Rimal रहेका छन् | त्यस्तै शिक्षिकाहरु क्रमशः सरु (सरला) कुँवर र पुष्पा तिवारीलाई पनि यसै कार्यक्रमका बीच मायाको चिनो प्रदान गरि विदाई गरिएको छ |  विशेष कार्य व्यस्तताको कारण विद्यालय छोड्नु परेको जानकारी गराउनु भएको छ | आगामी दिनमा पनि विद्यालयको प्रगति र विकासको लागि प्रत्यक्ष वा परोक्ष तरिकाबाट सहयोग गर्ने बताउनु भयो |
               आजै वार्षिक खेलकुदमा विजेता हुनुहुने विद्यार्थी भाई-बैनीहरुलाई पुरस्कार वितरण गरिएको छ | भने विविध सांस्कृतिक प्रस्तुति र प्रतिभाद्वारा कार्यक्रमलाई साना-साना नानीबाबुहरुले थप मनोरंजन प्रदान गराउनु भएको थियो | नव वर्ष २०७५ सालको शुभकामना एक-आपसमा आदान-प्रदान गरी आगामी शैक्षिक सत्रको लागि भर्ना आव्हान गरिएको छ |










No comments:

Post a Comment

Featured post

Teams

 

Join our Telegram channel for Updates of Smile Kids Montessori Pre-School Click Here

X