Notice

 Respected parents, With best wishes for the Happy Dashain, Tihar & Chhath, the admission for the academic session 2082/083 has started. Happy Day.

 आदरणीय अभिभावकज्यू,  दशैं, तिहार र छठको शुभकामना सहित शैक्षिक सत्र २०८२/०८३ को लागि भर्ना शुरु भैसकेको छ । शुभ दिन |


Photo Slide

Feature Slides

Smile Kids Montessori

Sunday, March 10, 2019

७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न (7th annivesary & parent's day)




७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न  
 (7th annivesary & parent's day)
         ७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
(7th annivesary & parent's day)
गैंडाकोट, नवलपरासी, फाल्गुण २५ गते | यस स्माइल किड्स मन्टेश्वरी प्रि-स्कुलको " ७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस " भव्यताका साथ सम्पन्न गरिएको छ |
आज भन्दा ७ वर्ष अगाडी नवलपरासीको गैंडाकोट नगरपालिका अन्तर्गत वार्ड नं. १ मिलनचोक स्थित स्थापना गरिएको विद्यालय यहाँका समाजसेवी, प्राध्यापक, शिक्षा-प्रेमी अभिभावक एवं शुभेच्छुकहरुको सल्लाह, सहयोगबाट निरन्तर रुपमा २ वर्षदेखि ६ वर्षसम्मका स-साना बालबालिकाहरुलाई मन्टेश्वरी विधि (Montessori Method) बाट अध्यापन गरिन्छ |
        हाल विद्यालयमा ८५ भन्दा बढी विद्यार्थी छन् भने सहयोगी र शिक्षक/शिक्षिका गरि ११ जना कर्मचारी रहेका छन् | यस विद्यालयबाट अध्ययन गरि अन्यत्र गएका विद्यार्थीहरुले राम्रो अंक ल्याई सफल भएका स्वयम् अभिभावक बताउनु हुन्छ | त्यसैले पनि विद्यालयमा भर्नाको चाप बढेको छ |
       स-साना भाइ-बैनिहरुद्वारा नृत्य, गीत, चुटकिला, Speaking performance गरेका थिए भने अभिभावकहरुलाई पनि वार्षिकोत्सवको अवसरमा खेल खेलाइएको थियो | जसमा तारामाया पुलामी सफल हुनुभएको थियो |     अभिभावकको तर्फबाट नारायण काफ्ले तथा विद्यालयबाट सरस्वती निकेतन आ.मा.वि.का प्राचार्य भरतबाबु कंडेल, सुर्यविनायक इंगलिस स्कुलका प्राचार्य धनेश्वर गौतम एवं एलिगेन्ट मन्टेश्वरीका प्राचार्य गंगा ढकाल साथै मिलन टोल विकास संस्थाका सचिव कृष्ण कोइरालाद्वारा सारगर्भित भनाईसाथ विद्यालयको उत्तरोत्तर प्रगति तथा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो | संस्थापक वि.व्य. सदस्य विश्वराज लम्साल, सुरेश पण्डित, शिवचन्द्र सुवेदी, मोति चालिसे, सुनिल ढकाल, जीवन थापा, MD गायत्री ढकाललगायत अभिभाभावक, समाजसेवी,शुभेच्छुक विद्यार्थी भाइ-बहिनीहरुको उपस्थिति रहेको सो कार्यक्रम विद्यालयको गतिविधिबारे विद्यालयलाई सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग,सद्भाव र सहकार्यको लागि अभिभावकसंग प्राचार्य उमा थापाले आग्रह गर्नु भएको छ | विद्यालयमा विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न नयाँ-नयाँ प्रविधि भित्र्याउने पनि बताउनु भएको छ | अभिभाकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा शिक्षिका शान्ति कोइरालाले स्वागत मन्तव्य, वि.व्य.स.का अध्यक्ष अजन्ता श्रेष्ठको सभापतित्व तथा गैंडाकोट नगरपालिका वडा नं १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालयका शिक्षिका सरिता ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो |













No comments:

Post a Comment

Featured post

Teams

 

Join our Telegram channel for Updates of Smile Kids Montessori Pre-School Click Here

X