Result Published and Farewell Programme
गैंडाकोट, नवलपरासी, चैत्र २४ गते, २०७५ | यस Smile Kids Montessori Pre-School को आयोजनामा PG देखि KG सम्मको नतिजा प्रकाशन गरिएको छ | साथै UKG का भाई-बैनीहरुलाई यसै कार्यक्रम मार्फत विदाई गरिएको छ |
अभिभावक, शुभेच्छुक, शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संचालक गायत्री ढकालद्वारा शब्दागुच्छाले स्वागत गर्नु भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजन्ता श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम शिक्षिका सरीता ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो | अभिभावकको तर्फबाट गोकुल सापकोटा, परमेश आचार्य र नारायण काफ्लेले आ-आफ्ना भनाई तथा मन्तव्य राख्नुभएको थियो |
यस विद्यालयलाई सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग,सद्भाव र सहकार्यको लागि अभिभावकसंग प्राचार्य उमा थापाले आग्रह गर्नु भएको छ | विद्यालयमा विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि योजना तर्जुमा गरिएको र नयाँ-नयाँ प्रविधि भित्र्याउने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको छ |
Smile Kids Montessori Pre-School मा हालसम्म PG देखि UKG कक्षा संचालन भैराखेको छ | र भर्खरै UKG बाट उत्तिर्ण हुने विद्यार्थीलाई भव्यताका साथ विदाई गरिएको छ | विदाई हुने भाई-बैनीहरुमा आभूषण काफ्ले, दीपा पौडेल, आरोही श्रेष्ठ, विशेष भुषाल, सुविन सिग्देल, आरुसी सापकोटा र प्रकृति हमाल रहेका छन् | त्यस्तै शिक्षिका दीया पौडेललाई पनि यसै कार्यक्रमका बीच मायाको चिनो प्रदान गरि विदाई गरिएको छ | विशेष कार्य व्यस्तताको कारण विद्यालय छोड्नु परेको जानकारी गराउनु भएको छ | आगामी दिनमा पनि विद्यालयको प्रगति र विकासको लागि प्रत्यक्ष वा परोक्ष तरिकाबाट सहयोग गर्ने बताउनु भयो |
विविध सांस्कृतिक प्रस्तुति र प्रतिभाद्वारा कार्यक्रमलाई साना-साना नानीबाबुहरुले थप मनोरंजन प्रदान गराउनु भएको थियो | नव वर्ष २०७५ सालको शुभकामना एक-आपसमा आदान-प्रदान गरी आगामी शैक्षिक सत्रको लागि भर्ना आव्हान गरिएको छ |