Notice

 Respected parents, With best wishes for the Happy Dashain, Tihar & Chhath, the admission for the academic session 2082/083 has started. Happy Day.

 आदरणीय अभिभावकज्यू,  दशैं, तिहार र छठको शुभकामना सहित शैक्षिक सत्र २०८२/०८३ को लागि भर्ना शुरु भैसकेको छ । शुभ दिन |


Photo Slide

Feature Slides

Smile Kids Montessori

Wednesday, September 20, 2017

असल अभिभावक विषयक एक दिने तालिम

असल अभिभावक विषयक एक दिने तालिम 

                                   गैंडाकोट, आश्विन ३ गते | Smile Kids Montessori Pre-School को आयोजनामा एक दिवसीय " असल अभिभावक " विषयक तालिम सम्पन्न भएको छ |
                            प्रथम पटक आयोजना गरिएको तालिममा "एउटा बच्चाले आशातीत नतिजा नल्याउदा समस्याको कारण बच्चामा होईन, उसका अभिभावकमा खोजिनु पर्छ । दश जना पण्डितभन्दा एक जना शिक्षक ठुला, सय जना शिक्षक भन्दा एक जना पिता ठुला र हजार जना पिता भन्दा एउटी आमा ठुली हुन्छिन् | Do not give tension, give the technology. बालबालिकाहरुलाई जिम्मेवारी दिंदा टि.भी. हेर्ने बानी छुटाउन सकिने र फजुल समयको सदुपयोग गरी अनुशासित बनाउन सकिन्छ |" जस्ता गहकिला विषयवस्तुहरुमा टि.सी. स्टारका Managing Director तथा मुख्य प्रशिक्षक D.R. Parajuli "Magnet" ले प्रस्तुत गर्नुभएको थियो | ध्यान तथा खेल विधिबाट प्रशिक्षण थप रमाइलो भएको थियो |
                            ५० जना भन्दा बढी अभिभावक उपस्थित भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजन्ता श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रिन्सिपल उमा थापाले सहभागी सम्पूर्णलाई शब्द गुच्छाद्वारा स्वागत तथा तालिमको महत्वका विषयमा प्रकाश पार्नुभएको थियो | विद्यालयका MD गायत्री ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो | त्यस्तै गरि टि.सी. स्टारबाट शिवप्रसाद पौडेल र गोकर्ण पौडेलको पनि उपस्थिति रहेको थियो |
https://www.facebook.com/drparajulimagnet/videos/1440598642720789/
















No comments:

Post a Comment

Featured post

Teams

 

Join our Telegram channel for Updates of Smile Kids Montessori Pre-School Click Here

X