Welcome to Smile Kids Montessori Pre-School. It is situated Narayani riverside near Narayangarth market in Gaindakot, Nawalparasi (East) district. It has well-experience & trained teachers who give them qualitative education by montessori method. "Education makes a man perfect," So our kids, our future is our moto. It's aim to produce national builders who fulfil national needs.
Notice
Photo Slide
Smile Kids Montessori
!doctype>Sunday, October 05, 2025
Monday, April 10, 2023
१० औं अभिभावक दिवस, नतिजा प्रकाशन तथा विदाई कार्यक्रम (10th Parent's Day, Result Publish & Farewell Program)
१० औं अभिभावक दिवस, नतिजा प्रकाशन तथा विदाई कार्यक्रम
चैत्र २५ गते, गैंडाकोट । स्माईल किड्स मन्टेश्वरी प्रि–स्कुलको “१० औं अभिभावक दिवस, नतिजा प्रकाशन तथा विदाई कार्यक्रम” भव्य रुपमा सम्पन्न भएको छ ।
आजभन्दा १० वर्ष अगाडि अर्थात् २०६९ सालमा स्थापना भएको स्माईल किड्स मन्टेश्वरी विभिन्न आरोह–अवरोह पार गर्दै गैंडाकोटको हकमा मन्टेश्वरी विद्यालय स्थापनामा कोशेढुंगा सावित भएको छ । विद्यालयले आफ्ना विद्यार्थी भाईबहिनीलाई गुणस्तर शिक्षा प्रदान गर्नमा कुनै कसर नराखेको स्वयम् अभिभावक बताउँछन् । डा.मारिया मन्टेश्वरीको विधि र पद्धति साथै विभिन्न व्यवहारिक ज्ञान, सीपबाट पठनपाठन गरिने हुँदा मन्टेश्वरी स्कुल उत्कृष्ट रहेको अध्ययनले देखाउँछ । यो विद्यालय स्थापना गर्दासम्म धेरै अभिभावकहरुलाई मन्टेश्वरी स्कुल भन्ने थाहा थिएन । समयक्रमसँगै वहाँहरुमा परिवर्तन आयो, चेतना आयो र मन्टेश्वरी विद्यालयमा पठन–पाठन गर्न लालयित हुनुहुन्छ । “आजका बालबालिका, भविष्यका कर्णधार” भन्ने भावलाई चरितार्थ गर्न पनि यस स्माईल किड्स मन्टेश्वरी अग्रसर रहेको देखिन्छ ।
८० प्रतिशत सिकाई विद्यालयबाट पाएको र अरु विद्यालयको तुलनामा राम्रो र गुणस्तर शिक्षा प्रदान गर्न सफल भएको स्वयम् अभिभावक अविनाश पन्थी बताउँनुहुन्छ । त्यस्तै घरमा पनि आफ्ना नानीबाबुहरुलाई राम्रो हेरचाह गर्नुपर्ने र उसको बानी र व्यवहारलाई पनि मूल्यांकन गर्नु पर्ने अभिभावक शान्ति लामा थापा भन्नुहुन्छ ।
१० वर्षभरी भएका गतिविधि र अब विद्यालयले लिने रणनीति साथै १० वर्षसम्मको यात्रामा साथ, सहयोग, योगदान गर्ने अभिभावक, समाजसेवी, छरछिमेकी, शुभेच्छुकहरुमा हार्दिक धन्यवाद एवं कृतज्ञ प्रकट गर्दै प्रिन्सिपल उमा थापाले उत्तिर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक धन्यवाद तथा बधाई र विदाई भएर जाने विद्यार्थी भाईबहिनीहरुलाई उज्वल भविष्य एवं सफल जीवनको शुभकामना व्यक्त गर्नु भएको छ । प्रविधिमैत्री वातावरण भएको र अझ समय सापेक्ष थप विद्यालयलाई प्रविधिमा विकास गर्दै लैजाने प्रिन्सिपल थापाले बताउनु भएको छ । १०० भन्दा बढी विद्यार्थी भर्ना भएता पनि बसाई–सराई र उत्तिर्ण भएर जाने विद्यार्थीको कारण हाल ८० भन्दा बढी रहेको जानकारी गराउनु भएको छ ।
कार्यक्रमको बीच बीचमा नृत्य, फेशन शो, नाटकका साथै अभिभावकहरुलाई खेल खेलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । गाउँ खाने कथामा क्रमशः शान्ति लामा थापा, सत्यदेवी गौतम, सञ्जु राई र अल्का श्रेष्ठ पुरुस्कृत हुनुभएको थियो भने म्युजिकल कलरिङ्गमा निशा थापा विजयी हुनुभएको थियो । पिजी, जुनियर नर्सरी, सिनियर नर्सरी, जुनियर एलकेजी, सिनियर एलकेजी र युकेजी कक्षाको नतिजा प्रकाशन गरिएको थियो । लिजन सुनुवार राई, भविन माप्छान, विशेष आचार्य, रोजलिन गुरुङ्ग, आरम्भ ढकाल, लिजन थापा, मिशन कंडेल, सक्षम अधिकारी र अविरल सापकोटा गरी ९ जना युकेजीबाट विदाई भएर जाने विद्यार्थीहरु हुन् ।
यस वर्षदेखि हरेक वर्ष “वर्ष उत्कृष्ट शिक्षक” (The Best Teacher Of the Year) छनौट गरिएको छ । यसबाट शिक्षकहरुलाई हौसला र प्रोत्साहन मिल्ने विद्यालयले विश्वास लिएको छ । शिक्षिका पूर्णिमा लामा “वर्ष उत्कृष्ट शिक्षक २०७९” बाट सम्मानित हुनुभएको छ । शिक्षक ८, कार्यालय सहयोगी २ र चालक १ गरी जम्मा ११ जना कर्मचारीबाट विद्यालय सञ्चालन भैरहेको छ । कक्षा प्ले ग्रुप, नर्सरी, एलकेजी र युकेजीसम्म सञ्चालनमा रहेको छ ।
अभिभावकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाको सभापतित्व, वडा नं. २ का महिला सदस्य सकिला परियारको प्रमुख आतिथ्यता, नेपाल मगर संघ नगर समितिका अध्यक्ष एवं श्रीनगर एक्लेसाल टोल विकास संस्थाका अध्यक्ष दूर्गावहादुर मश्राङ्गी मगर तथा श्रीनगर टोल विकास संस्थाका अध्यक्ष खडानन्द काफ्लेको विशिष्ट आतिथ्यता, श्रीनगर टोल विकास संस्थाका उपाध्यक्ष अच्युत नेपाल र स्कुलका सल्लाहाकार आनन्दप्रसाद शर्मा पौडेलको आतिथ्यतामा सम्पन्न कार्यक्रम सहायक–प्रिन्सिपल अञ्जली पुरीले शब्द गुच्छाद्वारा अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम शिक्षिका द्वेय आरती गुरुङ्ग र मेरी लामाले सञ्चालन गर्नुभएको थियो ।
https://play.google.com/store/apps/details?id=com.smilekidsmontessorinawalparasi
https://apps.apple.com/in/app/bright-app/id1521531695
Tuesday, March 14, 2023
Monday, November 16, 2020
“ स्कुल अब हात–हातमा, तपाईं जहाँ भए पनि साथ–साथमा ”
“ स्कुल अब हात–हातमा, तपाईं जहाँ भए पनि साथ–साथमा ”
Sunday, April 07, 2019
Result Published and Farewell Programme (नतिजा प्रकाशन तथा विदाई कार्यक्रम)
Result Published and Farewell Programme
Sunday, March 10, 2019
७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न (7th annivesary & parent's day)
(7th annivesary & parent's day)
गैंडाकोट, नवलपरासी, फाल्गुण २५ गते | यस स्माइल किड्स मन्टेश्वरी प्रि-स्कुलको " ७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस " भव्यताका साथ सम्पन्न गरिएको छ |
आज भन्दा ७ वर्ष अगाडी नवलपरासीको गैंडाकोट नगरपालिका अन्तर्गत वार्ड नं. १ मिलनचोक स्थित स्थापना गरिएको विद्यालय यहाँका समाजसेवी, प्राध्यापक, शिक्षा-प्रेमी अभिभावक एवं शुभेच्छुकहरुको सल्लाह, सहयोगबाट निरन्तर रुपमा २ वर्षदेखि ६ वर्षसम्मका स-साना बालबालिकाहरुलाई मन्टेश्वरी विधि (Montessori Method) बाट अध्यापन गरिन्छ |
हाल विद्यालयमा ८५ भन्दा बढी विद्यार्थी छन् भने सहयोगी र शिक्षक/शिक्षिका गरि ११ जना कर्मचारी रहेका छन् | यस विद्यालयबाट अध्ययन गरि अन्यत्र गएका विद्यार्थीहरुले राम्रो अंक ल्याई सफल भएका स्वयम् अभिभावक बताउनु हुन्छ | त्यसैले पनि विद्यालयमा भर्नाको चाप बढेको छ |
स-साना भाइ-बैनिहरुद्वारा नृत्य, गीत, चुटकिला, Speaking performance गरेका थिए भने अभिभावकहरुलाई पनि वार्षिकोत्सवको अवसरमा खेल खेलाइएको थियो | जसमा तारामाया पुलामी सफल हुनुभएको थियो | अभिभावकको तर्फबाट नारायण काफ्ले तथा विद्यालयबाट सरस्वती निकेतन आ.मा.वि.का प्राचार्य भरतबाबु कंडेल, सुर्यविनायक इंगलिस स्कुलका प्राचार्य धनेश्वर गौतम एवं एलिगेन्ट मन्टेश्वरीका प्राचार्य गंगा ढकाल साथै मिलन टोल विकास संस्थाका सचिव कृष्ण कोइरालाद्वारा सारगर्भित भनाईसाथ विद्यालयको उत्तरोत्तर प्रगति तथा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो | संस्थापक वि.व्य. सदस्य विश्वराज लम्साल, सुरेश पण्डित, शिवचन्द्र सुवेदी, मोति चालिसे, सुनिल ढकाल, जीवन थापा, MD गायत्री ढकाललगायत अभिभाभावक, समाजसेवी,शुभेच्छुक विद्यार्थी भाइ-बहिनीहरुको उपस्थिति रहेको सो कार्यक्रम विद्यालयको गतिविधिबारे विद्यालयलाई सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग,सद्भाव र सहकार्यको लागि अभिभावकसंग प्राचार्य उमा थापाले आग्रह गर्नु भएको छ | विद्यालयमा विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न नयाँ-नयाँ प्रविधि भित्र्याउने पनि बताउनु भएको छ | अभिभाकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा शिक्षिका शान्ति कोइरालाले स्वागत मन्तव्य, वि.व्य.स.का अध्यक्ष अजन्ता श्रेष्ठको सभापतित्व तथा गैंडाकोट नगरपालिका वडा नं १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालयका शिक्षिका सरिता ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो |
Featured post
-
“ स्कुल अब हात–हातमा, तपाईं जहाँ भए पनि साथ–साथमा ” Online बाट कक्षा सञ्चालन, परीक्षा, भर्ना, हाजिरी, शुल्क भुक्तानी, गृहकार्य, रुटिन, ...
-
Result Published and Farewell Programme नतिजा प्रकाशन तथा विदाई कार्यक्रम गैंडाकोट, नवलपरासी, चैत्र २४ गते | य...
-
Result Published and Farewell Programme नतिजा प्रकाशन तथा विदाई कार्यक्रम गैंडाकोट, नवलपरासी, चैत्र २४ गते, २...
-
नानीबाबुहरुको पुजा फन पार्क तथा महा बौद्ध गुम्बाको भ्रमण ( Tour Program ) Our tour from Smile Kids Montessori, Gaindakot to Puja Fu...

















































