Notice

 Respected parents, With best wishes for the new year, the admission for the academic session 2080/081 has started. Classes will resume from 2080/01/03.

 आदरणीय अभिभावकज्यू,  नव वर्षको शुभकामना सहित शैक्षिक सत्र २०८०/०८१ को लागि भर्ना शुरु भैसकेको छ । कक्षा २०८०/०१/०३ गतेबाट सुचारु हुनेछ |


Photo Slide

 

Saturday, April 07, 2018

Result Published and Farewell Programme (नतिजा प्रकाशन तथा विदाई कार्यक्रम)


Result Published and Farewell Programme

नतिजा प्रकाशन तथा विदाई कार्यक्रम

               गैंडाकोट, नवलपरासी, चैत्र २४ गते | यस Smile Kids Montessori Pre-School को आयोजनामा PG देखि KG सम्मको नतिजा प्रकाशन गरिएको छ | साथै UKG का भाई-बैनीहरुलाई यसै कार्यक्रम मार्फत विदाई गरिएको छ |
           अभिभावक, शुभेच्छुक, शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संचालक गायत्री ढकालद्वारा शब्दागुच्छाले स्वागत गर्नु भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजन्ता श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम  शिक्षिका मधु खरेलद्वारा कार्यक्रम संचालन गर्नुभएको थियो | अभिभावकको तर्फबाट सिर्जना पराजुलीले आफ्नो मन्तव्यको क्रममा बच्चालाई ठुलो मान्छे होइन, असल मान्छे बनाउन सुझाव दिनु भयो |
यस विद्यालयलाई सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोग,सद्भाव र सहकार्यको लागि अभिभावकसंग प्राचार्य उमा थापाले आग्रह गर्नु भएको छ | विद्यालयमा विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न नयाँ-नयाँ प्रविधि भित्र्याउने पनि बताउनु भएको छ |

            Smile Kids Montessori Pre-School मा  हालसम्म PG देखि UKG कक्षा संचालन भैराखेको छ | र भर्खरै UKG बाट उत्तिर्ण हुने विद्यार्थीलाई भव्यताका साथ विदाई गरिएको छ | विदाई हुने भाई-बैनीहरुमा Aswina Piya, Bibash Bhandari, Rhythem Tiwari, Saisab Bhattarai, Dikshyanta Parajuli, Aarati Adhikari, Aakriti Acharya, Anuja Moktan, Aayog Lamsal Kanisk Rimal रहेका छन् | त्यस्तै शिक्षिकाहरु क्रमशः सरु (सरला) कुँवर र पुष्पा तिवारीलाई पनि यसै कार्यक्रमका बीच मायाको चिनो प्रदान गरि विदाई गरिएको छ |  विशेष कार्य व्यस्तताको कारण विद्यालय छोड्नु परेको जानकारी गराउनु भएको छ | आगामी दिनमा पनि विद्यालयको प्रगति र विकासको लागि प्रत्यक्ष वा परोक्ष तरिकाबाट सहयोग गर्ने बताउनु भयो |
               आजै वार्षिक खेलकुदमा विजेता हुनुहुने विद्यार्थी भाई-बैनीहरुलाई पुरस्कार वितरण गरिएको छ | भने विविध सांस्कृतिक प्रस्तुति र प्रतिभाद्वारा कार्यक्रमलाई साना-साना नानीबाबुहरुले थप मनोरंजन प्रदान गराउनु भएको थियो | नव वर्ष २०७५ सालको शुभकामना एक-आपसमा आदान-प्रदान गरी आगामी शैक्षिक सत्रको लागि भर्ना आव्हान गरिएको छ |










Sunday, February 11, 2018

वनभोज कार्यक्रम (Picnic Programme)


वनभोज कार्यक्रम (Picnic Programme)
          चितवन, माघ २७ गते | यस Smile Kids Montessori Pre-School को आयोजनामा शिक्षक, अभिभावक तथा विद्यार्थीको संयुक्तरुपमा वनभोज कार्यक्रम चितवन, शिवनगर स्थित ज्ञानेश्वर सामुदायिक वन अन्तर्गत ज्ञानेश्वर पिकनिक स्पट (गढी) मा सम्पन्न गरिएको छ |
         विद्यालयले वर्षेनी शिक्षक, अभिभावक र विद्यार्थी बीच सुमधुर सम्वन्ध कायम रहोस र एक-आपसमा भरपुर मनोरंजन होस भन्ने उद्धेश्यका लागि आयोजना गरिएको हो | अभिभावक तथा विद्यार्थीहरुलाई  विभिन्न खेल खेलाइएको छ भने नाच-गान सहित रमाइलो गरिएको छ | आजको कार्यक्रममा सबैजनाको उत्साहजनक उपस्थिति रहेको थियो |










Tuesday, January 23, 2018

सरस्वती पुजा गरिदै (Worshiping goddes Saraswati)


सरस्वती पुजा गरिदै (Worshiping goddes Saraswati)
गैंडाकोट, माघ ८ गते  | Smile Kids Montessori Pre-School को आयोजनामा सरस्वती पुजा सम्पन्न गरिएको छ |
शिक्षक, अभिभावक, विद्यार्थी , समाजसेवी, शुभेच्छुकहरुको सहभागितामा विद्याकी देवी सरस्वतीको पुजा आराधना गरि नयाँ विद्यार्थी भर्ना गरि अक्षराम्भ गरिएको छ | यो दिन सरस्वतीको जन्म दिन भएकोले पनि पढ्ने विद्यार्थी लागि शुभ दिन मानिन्छ | यसै दिन ३० जना विद्यार्थी भर्ना गरिएको छ | हाल विद्यालयमा १०० जना भन्दा बढी विद्यार्थी रहेको छ | 










Friday, January 12, 2018

Admission Open


Admission Open, PG to KG in Smile Kids Montessori Pre-School 
50% on the occasion of Shreepanchami 2018. 
Further more details please contact us :
 078-501002, 9841657505, 9807188797
 
www.smilekmschool.edu.np

Saturday, January 06, 2018

शिक्षक, अभिभावक संयुक्त बैंठक

शिक्षक, अभिभावक संयुक्त बैंठक 

             नवलपरासी, गैंडाकोट, २२ पौष | यस स्माइल किड्स मन्टेश्वरी प्रि-स्कुलको आयोजनामा शिक्षक अभिभावकको संयुक्त बैंठक सम्पन्न भएको छ |
            विशेषत: विद्यालयले सुधार गर्नु पर्ने कुराहरु, नानीबाबुहरुको पठन-पाठनमा भएका सुधार र आगामी दिनमा विद्यालयले संचालन गर्ने कार्यक्रमको बारे जानकारी भएको छ | 
        PG देखि UKG का अभिभावकहरुले पालैपालो  सुझाव, समस्या र अनुभवहरु राख्नु भएको थियो  | सुझाव तथा समस्याहरुलाई क्रमिकरुपमा समाधान गर्दै अगाडी बढ्ने तथा नयाँ विधि र प्रविधिको प्रयोग गर्ने प्रतिवद्धता संचालक उमा थापा र गायत्री ढकालले गर्नु भएको छ |  सो कार्यक्रममा  अभिभावक  तथा TC Star Pvt. Ltd. का MD डी.आर. पराजुली "म्याग्नेट" ले सहजीकरण गर्नु भएको थियो | भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजन्ता श्रेष्ठको विशेष उपस्थिति रहेको थियो |
        










Wednesday, September 20, 2017

असल अभिभावक विषयक एक दिने तालिम

असल अभिभावक विषयक एक दिने तालिम 

                                   गैंडाकोट, आश्विन ३ गते | Smile Kids Montessori Pre-School को आयोजनामा एक दिवसीय " असल अभिभावक " विषयक तालिम सम्पन्न भएको छ |
                            प्रथम पटक आयोजना गरिएको तालिममा "एउटा बच्चाले आशातीत नतिजा नल्याउदा समस्याको कारण बच्चामा होईन, उसका अभिभावकमा खोजिनु पर्छ । दश जना पण्डितभन्दा एक जना शिक्षक ठुला, सय जना शिक्षक भन्दा एक जना पिता ठुला र हजार जना पिता भन्दा एउटी आमा ठुली हुन्छिन् | Do not give tension, give the technology. बालबालिकाहरुलाई जिम्मेवारी दिंदा टि.भी. हेर्ने बानी छुटाउन सकिने र फजुल समयको सदुपयोग गरी अनुशासित बनाउन सकिन्छ |" जस्ता गहकिला विषयवस्तुहरुमा टि.सी. स्टारका Managing Director तथा मुख्य प्रशिक्षक D.R. Parajuli "Magnet" ले प्रस्तुत गर्नुभएको थियो | ध्यान तथा खेल विधिबाट प्रशिक्षण थप रमाइलो भएको थियो |
                            ५० जना भन्दा बढी अभिभावक उपस्थित भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजन्ता श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रिन्सिपल उमा थापाले सहभागी सम्पूर्णलाई शब्द गुच्छाद्वारा स्वागत तथा तालिमको महत्वका विषयमा प्रकाश पार्नुभएको थियो | विद्यालयका MD गायत्री ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो | त्यस्तै गरि टि.सी. स्टारबाट शिवप्रसाद पौडेल र गोकर्ण पौडेलको पनि उपस्थिति रहेको थियो |
https://www.facebook.com/drparajulimagnet/videos/1440598642720789/
















Featured post

Teams

 

Join our Telegram channel for Updates of Smile Kids Montessori Pre-School Click Here

X